दफा २७
कोष स्वशासित र सङ्गठित संस्था हुने
(१) कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित
संस्था हुनेछ ।
(२) आफ्नो काम कारबाहीको निमित्त कोषको छुट्टै छाप हुनेछ ।
(३) कोषले व्यक्तिसरह चलअचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, राख्न, बेचबिखन गर्न र यस्तै
अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) कोषले आप्mनो नामबाट मुद्दा दायर गर्न र कोषउपर पनि सोही नाममा मुद्दा दायर हुन
सक्नेछ ।
(५) कोषले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व
निर्वाह गर्न सक्नेछ ।